विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेस्, भोली पहिलो अडिसन हुँदै

विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेस्, भोली पहिलो अडिसन हुँदै

विराटनगर । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरले स्कुल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ आयोजना गर्ने भएको छ ।
मिस एस.ई ई मोरङ २०१९ को पुर्ण सफलता पछि स्कूल प्रिन्स एण्ड प्रिन्सेस् प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिताो पहिलो अडिसन विराटनगरस्थित बिग होटलमा शनिबार हुने म्यानेजिङ्ग डाइरेक्टर अर्जुन श्रेष्ठले जानकारी दिए ।
‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । अडिसन राउण्डबाट छनौट भएका प्रतियोगीहरू स्कूल विदा रहेको खाली समयमा दशैं र दिपावली बीचमा बन्द प्रशिक्षण हुने कार्यक्रम संयोजक सुमन श्रेष्ठले बताए ।
‘विद्यार्थीहरूको खाली रहेको समयलाई रचनात्मक क्रियाकलापमा सदुपयोग गर्न यो प्रतियोगिता आयोजना गरेको हो,’ उनले भने, ‘छनौट भएका प्रतियोगिहरू बन्द प्रशिक्षणमा विज्ञहरू प्रशिक्षण गराउँछौं ।’ प्रतियोगिताको दोस्रो अडिसन भने असोज १८ गते हुने कार्यक्रमका निर्देशक सुशील घिमिरेले बताए । छनौट चरणको अडिसनबाट भएका उत्कृष्ट प्रतियोगि फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँको साथै विभिन्न उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्