संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने

संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने

काठमाडौं । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ। स्थानीय समय अनुसार राती ९:१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइँदै,’ राजदूतावासको फेसबुक पेजमा लेखिएको छ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज तीनलाई संविधान र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्