टंकिसिनवारी चौकमा संविधान दिवसको अवसरमा सृजनशील युवा समाजद्वारा दीप प्रज्ज्वलन

टंकिसिनवारी चौकमा संविधान दिवसको अवसरमा सृजनशील युवा समाजद्वारा दीप प्रज्ज्वलन

भूमिका पाख्रिन

बिराटनगर असोज ४ ,

संविधान दिवसको अवसर पारी सृजनशील युवा समाज नेपालले बुढिगंगा गाँउपालिका स्थित टंकिसिनवारी चौकमा शुक्रबार दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । बुढिगंगा युथसँगको सहकार्यमा भएको उक्त कार्यक्रममा सहभागीहरुले मैनबत्ति बाली खुशी साटासाट गरेका थिए । औपचारिक कार्यक्रम सहित आयोजना गरिएको उक्त कार्यक्रम नेकपाका केन्द्रीय सदस्य बिनोद ढकालको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै ढकालले सम्पुर्ण गाउँपालिका बासीमा संविधान दिवसको शुभकामना व्यक्त गरे ।

त्यस्तै समाज प्रति जिम्मेवार बन्नुका साथै युवाहरु अब रचनात्मक कार्यमा अघि बढ्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सृजनशील युवा समाज नेपालका अध्यक्ष सागर थापाले बताए । कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्