खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो , यस्तो छ नयाँ मूल्य

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो , यस्तो छ नयाँ मूल्य

काठमाडौं । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार एलपी ग्यास प्रति सिलिन्डर १३५० रुपैयाँ पर्नेछ ।

त्यसैगरी हवाई इन्धनमा पनि ५० अमेरिकी डलर प्रति किलोलिटर घटाइएको छ । जस अनुसार अबदेखि प्रति किलोलिटर हवाई इन्धनको मूल्य एक हजार अमेरिकी डलर पर्नेछ ।

घटाइएको नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । पेट्रोल र डिजल/मट्टितेलको हकमा पनि पुरानै मूल्य कायम हुने जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त हवाई इन्धन र ग्यासको नयाँ खरिद मूल्य घटेर आएको र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न टेवा पुगोस् भनेर सञ्‍चालक समितिको निर्णय बमोजिक शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी नयाँ मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ ।

निगमले अबदेखि हवाई इन्धन र ग्यासको मूल्यलाई पनि अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको घटबढ अनुसार स्वचालित हुने गरी अघि बढाइने जनाएको छ ।

दसैंलाई केन्द्रित गरेर उपभोक्तालाई सहज होस् भन्‍नका लागि उक्त मूल्य घटाइएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्