झापामा खाल्डोको पानीमा डुबेर दुई बालकको ज्यान गयो

झापामा खाल्डोको पानीमा डुबेर दुई बालकको ज्यान गयो

विराटनगर । झापामा खाल्डोको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । झापाको कमल गाउँपालिका ४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोमा डुबेर दुईजना बालकको ज्यान गएको हो । जमेको पानीमा पौडी खेल्ने क्रममा भोजपुर गुँरासे घरभई हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएका उनीहरु रातीसम्मपनि घर नफर्किएपछि खोजतलाश गर्ने क्रममा आज विहान पानीमा डुबिरहेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्