स्वतन्त्र सेनानी गुप्ताको ९४ बर्षको उमेरमा निधन–मुख्यमन्त्री राईद्वारा श्रद्धान्जलि अर्पण

स्वतन्त्र सेनानी गुप्ताको ९४ बर्षको उमेरमा निधन–मुख्यमन्त्री राईद्वारा श्रद्धान्जलि अर्पण

विराटनगर, ५ असोज ।

क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । वामपन्थी आन्दोलनका योद्धा एवं विस २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको हो । स्व. गुप्ताको पार्थिव शरीरमा प्रदेश का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धान्जलि अर्पण गरे । यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेपाली काँङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धान्जलि अर्पण गरे ।

विराटनगर–१५ निवासी स्व. गुप्ता मृगौला रोग र मधुमेह रोगवाट पीडित थिए भने उनको शुक्रवार साँझ ८ः४५ मा निधन भएको थियो । स्व. मनमोहन अधिकारीकोको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका स्व. गुप्ताले ऐतिहासिक जुटमिल हड्तालमा सक्रिय भूमिका निभाएका थिए । विस १९८२ मा भारतको कोलकोत्तामा जन्मेका स्व. गुप्ता विस २००७ को क्रान्तिमा ट्याङ्क बनाउमा उनको ठूलो भूमिका रहेको थियो । गुप्ताकी श्रीमती, तीन छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्