विराटनगरमा जनवादी गायक जे.बी टुहुरेको एक साँझ हुदै , प्रवेश निशुल्क

विराटनगरमा जनवादी गायक जे.बी टुहुरेको एक साँझ हुदै , प्रवेश निशुल्क

विराटनगर, ५ असोज ।

विराटनगरमा जनवादी गायक ७५ बर्षिय युगगायक जेबि टुहुरेको एकल साङ्गीतक हुदैछ । आगामी असोज ११ गते शनिबार स्थानिय विरेन्द्रसभा गृहमा जेबि टुहुरेले आफ्नो कर्मथलो विराटनगरमा पहिलो पटक एकल साँझ हुने भएको छ । जेबि टुहुरे फाउण्डेशनले आयोजनागर्न लागेको एकल साँझलाई जेबि टुहुरेको निरन्तरता २०७६ नाम दिएर कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिईन् । सातै प्रदेशमा आयोजना गर्न लागिएको टुहुरेले जानकारी दिईन् ।

उनका अनुसार प्रदेश नम्बर ३ मा सम्पन्न गरिसकेको र अब प्रदेश नम्बर एकबाट सुरु गर्न लागेको हो । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको प्रमुख अतिथ्योमा हुन लागेको एकल साँझमा प्रदेशका सबै मन्त्रीहरुको उपस्थित रहने छ । जेवि टुहुरेले गाएको आमा दिदिबहिनी हो,छोराहरु छोरीहरु हो पिरलो जिउ सुकायो, कोशीको पानी सलल भन्ने बोलको गीत चर्चित छ । टुहुरेले एकसाँझमा आफ्ना चर्चित १३ वटा गित गाउने आयोजकले जनाएको छ । एकल साझ हेर्नको लागी निशुल्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्