स्कुल प्रिन्स एण्ड प्रिन्सेस् २०१९’ को पहिलो अडिसन सकियो , २१ जनाले दिए अडिसन

स्कुल प्रिन्स एण्ड प्रिन्सेस् २०१९’ को पहिलो अडिसन सकियो , २१ जनाले दिए अडिसन

 विराटनगर, ५ असोज ।

स्कुल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को पहिलो अडिसनमा २१ जनाले भाग लिएका छन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजनामा विराटनगरमा भएको पहिलो अडिसनबाट सो संख्यामा प्रतियोगिहरूको सहभागि भएको हो । प्रतियोगिताको दोस्रो अडिसन असोज १८ गते हुने भएको छ । पहिलो र दोस्रो अडिसनबाट उत्कृष्ट २५ जना किशोरी र १० जना किशोर फाइनलको लागि छनौट गरिने निर्देशक सुशिल घिमिरेले जानकारी दिए । मिस एस.ई ई मोरङ २०१९ को पुर्ण सफलता पछि स्कूल प्रिन्स एण्ड प्रिन्सेस् प्रतियोगिता आयोजना गरेको हो ।

‘सिप र संस्कार सहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको यो प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिएको म्यानेजिङ्ग डाइरेक्टर अर्जुन श्रेष्ठले बताए । अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरू स्कूल विदा रहेको खाली समयमा दशैं र दिपावली बीचमा बन्द प्रशिक्षण हुनेछ । प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार प्राप्त गर्नेछन् । ‘स्कुल प्रिन्स एण्ड प्रिन्सेस् २०१९ ’को आवर विराटनगर अनलाई मिडिया पार्टनरको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्