कांग्रेसको नारावाजीका विच मनमोहन प्रबिधिक विश्वविद्यालय बिधेयकको प्रतिबेदन पेश

कांग्रेसको नारावाजीका विच मनमोहन प्रबिधिक विश्वविद्यालय बिधेयकको प्रतिबेदन पेश

विराटनगर  । मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा ब्यवस्थागर्न बनेको बिधेयकको बिरोध गर्दै आएको नेपाली कांग्रेसले प्रदेश १ सभाको सदन अबरुद्ध गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गर्दै नाराबाजी गरेको हो । विधेयक फिर्ता लिन माग गर्दै आएको कांग्रेसले यस अपिघ पनि संसद अबरुद्ध पार्दै आएको थियो ।

सभामुख प्रदिपकुमार भण्डारीले आफ्नो ठाउँमा गएर बस्न भन्दै गर्दा कांग्रेसले नारावाजी जारी राखेपछि सामाजिक विकास समितिकी सभापति सरिता थापालाई समितिबाट प्राप्त प्रतिबेदन सभामा प्रस्तुत गर्न अनुमती दिएका थिए । अगाडी नारावाजी चल्दै थियो सानमाजिक विकास समितिकी सभापति सरिता खड्का समितिको प्रतिबेदन सुनाउँदै गर्दा प्रदेश सभामा पहिलो पटक प्रतिपक्षले यस्तो खालको अबरोध गरेको थियो । अधिनायकवादी अभ्यास बन्द गर, संसदीय सर्बोच्चता कायम गर लगायतका नारा लगाउँदै कांग्रेसले संसद बैठक अबधिभर नारावाजी गरेको थियो । अवरोधकै बीच प्रदेशसभामा उक्त विधेयकबारेको प्रतिवेदन पेश भयो । सामाजिक विकास समितिका सभापति सरिता खड्काले प्रतिवेदन प्रस्तुत गरे लगत्तै प्रदेश सभाको बैठक स्थगीत भएको थियो । विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक सदनमा छलफल नै नगराउन आग्रह गर्दै आएको थियो । विधेयक फिर्ता हुनुपर्ने भन्दै आजै सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र दिएको थियो ।

मनमोहन प्राबिधिक विश्वविद्यालय सम्बन्धि बिधेयक बिधेयक जस्तो नभई एउटा बिद्यालय ब्यवस्थापन समितिको दस्तावेज जस्तो भएको कांग्रेसको आरोप छ । बिज्ञसँग सल्लाह गरेर मात्र थप छलफल गरेर सभामा ल्याउन भनिएको बिधेयक समितिमा समेत आन्तरिक छलफल नभई आएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्