मोरङको ग्रामथानमा आफ्नै साथीलाई मदिरा खुवाएर बलात्कार गर्ने चारजना पक्राउ

मोरङको ग्रामथानमा आफ्नै साथीलाई मदिरा खुवाएर बलात्कार गर्ने चारजना पक्राउ

विराटनगर । किशोरीलाई जवरजस्ती मदिरा सेवन गराई बलात्कार गरेको आरापमा मोरङ प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–७ की किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारै जनालाई आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
शनिबार राति ग्रामथान–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो । बलात्कारको आरोपमा ग्रामथान गाउँपालिका–५ बस्ने सुरेश थानदार, कमल पुरी, बेलबारी–५ बस्दै आएका सन्तोष कुमार माझी र प्रकाशकुमार थारूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार किशोरीलाई युवकहरूले मदिरा सेवन गराइ करणी गरेको अनुसन्धानमा देखिएको छ । शनिबार राति करिब १ बजेको समयमा करणी भएको खबर आएपछि पुगेको प्रहरीले शनिबार राति नै घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको अधिकारीले बताए ।
प्रहरीका अनुसार घटनामा संलग्न चारैजना किशोरीसँग चिनजान भएका व्यक्ति हुन् । शनिबार राति किशोरीलाई घटनामा संलग्नहरूले स्थानीय पसलमा मदिरा सेवन गराएका थिए । मदिरा सेवनपछि अर्धचेत भएको अवस्थामा करणी भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरूलाई जवर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्