विराट आँखा अस्पतालले रेटिनाको उपचार जापनिज मेरिकन कम्प्यूटराइज प्रविधिबाट गर्ने

विराट आँखा अस्पतालले रेटिनाको उपचार जापनिज मेरिकन कम्प्यूटराइज प्रविधिबाट गर्ने

विराटनगर । विराटनगर १४ मा रहेको विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार सुरु भएको छ । अस्पतालले ल्याएको अत्याधुनिक प्रविधि मेडिकल रेटिना र सर्जीकल रेटिनाको सेवा विस्तार गरेको हो । रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा सुरु गरेको अस्पतालका संचालक राजेश प्रसाइले जानकारी दिए ।
आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नेहरुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको उनले बताए । रेटिनाको उपचार जापनिज तथा मेरिकन कम्प्यूटराइज प्रविधिबाट उपचार गरिने गरेको छ ।
‘यस प्रविधिबाट लेजर गर्दा एकै पटकमा विरामीको लेजर गर्न सकिन्छ,’ उनले भने, रेटिनाका विरामीहरुका लागि अस्पतालले आइ.एन.जे. सेवा पनि सुरु गरिएको छ ।’ यो सेवा काठमाडौंपछिको पहिलो अत्याधुनिक सेवा भएको अस्पतालको दाबी छ । यो अस्पतालमा दैनिक २० देखि ३० जना रेटिनाका विरामीहरू आउने गरेको संचालक प्रसाइले जानकारी दिए ।
रेटिना रोग विशेषयज्ञ डा. अनाडी खत्रीले रेटिनाको उपचार गर्दै आएका छन् । अस्पतालले वार्षिक करिब १ लाख बिरामीलाई ओपिडी सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ । तुलनात्मक रुपमा रेटिनाको अपरेसन भने महँगो पर्ने गरेको छ ।
देशभरमा करिब ३५ ओटा आँखा अस्पताल रहेकोमा यस्तो सेवा थोरै आँखा अस्पतालमा मात्रै रहेको छ । यसबाट १ नम्बर प्रदेशका मात्रै नभएर भारतको बिहार लगायतका क्षेत्रबाट आउने बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्