विराटनगरमा चाडवाड लक्षित सुरक्षा योजना, ९ सय ६० जना विशेष प्रहरी परिचालन गर्ने

<span class='c1'>विराटनगरमा चाडवाड लक्षित सुरक्षा योजना, ९ सय</span> <span class='c2'>६० जना विशेष प्रहरी परिचालन गर्ने</span>

विराटनगर । चाडपर्वमा मध्यनजर गर्दै मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । दशैमा विराटनगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले प्रहरीले विशेष सुरक्षा योजना बनाएको जनाएको छ ।
यस पटकको दशैंमा मोरङ प्रहरीले विराटनगरमा पाँच सेक्टरमा सुरक्षा दिने रणनीति अपनाएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । औद्योगिक नगरी र प्रदेशको राजधानी पनि भएकोले विराटनगरमा जनघनत्व र आर्थिक कारोबार बढी हुने प्रहरीको आँकलन छ । कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना बनाएको उनले बताए । आपराधिक घटना घट्न सक्ने स्थानहरुको छनौट गरी ५ सेक्टरमा बिभाजन गरी सुरक्षा योजना बनाईएको एसपी अधिकारीले जानकारी दिए ।
‘विराटनगरमा पाँच सेक्टरमा सुरक्षा योजना बनाएका छौं,’ उनले भने, ‘विराटनगर बाहिर ९ सेक्टरमा सुरक्षा रणनीति तयार भएको छ ।’ पाँच सुरक्षा रणनीतिमा सुरक्षामा गाडी मोबाईल, सादा पोशाक, सिआरबी गाडी, पिकेट, पैदल, साईकल गस्ती गर्ने तयारी छ ।
प्रहरीले दशैमा भरपर्दो सुरक्षा प्रदान गर्न ९ सय ६० जना विशेष प्रहरी परिचालन गर्ने भएको छ ।
विराटनगरमा मात्र ३ सयको संख्यामा विशेष प्रहरीले परिचालन गरिने भएको मोरङ प्रहरीले जनाएको छ । एसपी अधिकारीले जिल्ला स्थित मठमन्दिर, शक्तिपीठ तथा धार्मिकस्थलमा बिशेष सुरक्षा व्यबस्था अपनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्