भोजपुरमा हतियारसहित एकजना पक्राउ परे

भोजपुरमा हतियारसहित एकजना पक्राउ परे

भोजपुर । भोजपुरमा हतियारसहित एकजना पक्राउ परेका छन् । प्रहरीले भोजपुर नगरपालिका–१० स्थित गजुरमुखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान,  गोली १० राउण्ड, मोबाइल २ थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामान समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्