झापामा लागु औषध सहित एकजना पक्राउ

<span class='c1'>झापामा लागु औषध</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागु औषध सहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ७ का २६ बर्षीय चिरञ्जीवी तिम्सिनालाई १४ बोतल स्कप नामक लागुऔषध सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तिम्सिनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्