सुनसरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

सुनसरीमा लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप महानगरपालिका १२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थ बहादुर तामाङ, केरावारी गाउँपालिका ७ का २९ बर्षीय लाल बहादुर कार्की र ३९ बर्षीय विर बहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्