विराटनगर । जानकी पोलिट्यांकले थाइल्यान्डमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरेको छ । आप्mना डिलर तथा विक्रेतालाई थाइल्यान्डको भ्रमण गराएको कम्पनीले उक्त अवसरमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार समेत गरेको हो ।
नेपाल भ्रमण वर्षको टिसर्ट र नेपालको राष्ट्रिय झन्डासहित सहभागीहरूले त्यहाँका पर्यटकीय क्षेत्रको घुमफिर गरेको उद्योगका सञ्चालक सन्तोष चौधरीले बताए । नेपालको झण्डासहित थाइल्यान्ड घुम्दा धेरैले नेपालबारे चासो दिएको अनुभव उनले सुनाए । भ्रमणका क्रममा नेपालका प्राकृतिक सौन्दर्य, बुद्ध र सगरमाथाबारे जानकारी गराइएको समेत उनको भनाइ छ । कम्पनीले प्लास्टिकका ट्यांक, बकेट लगायत सामग्री उत्पादन गर्दै आएको छ । अभियान दैनिक