सप्तरीमा १४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा हुलास पक्राउ परे

सप्तरीमा १४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा हुलास पक्राउ परे

सप्तरी असोज ७ ,

एक १४ वर्षीया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले कैद र जरिवानाको फैसला गरेको छ ।

सोमबार उच्च अदालत जनकपुर राजविराज इजलासले डाक्नेश्वरी नगरपालिका ३ निवासी ४१ वर्षिय हुलास प्रसाद साहलाई बाल विवाह र बहुविवाहको आरोपमा एक वर्ष कैद र १५ हजार जरिवानाको फैसला गरेको हो ।

जनकपुरको बिणादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका साहले २०७२ साल जेठ १५ गते सप्तरीको कंचनरुप नगरपालिका ६ की १४ वर्षिया बालिकासँग दोश्रो विवाह गरेका थिए । जेठी श्रीमतीसँग दुई वटा छोरी मात्र भएको र छोरा नभएको तर्क दिँदै आरोपित साहले बालिकासँग दोश्रो विवाह गरेका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्