इलाका प्रहरी कार्यालय लेटाङमा सुरक्षा सम्बन्धि अन्तरक्रिया सम्पन्न

इलाका प्रहरी कार्यालय लेटाङमा सुरक्षा सम्बन्धि अन्तरक्रिया सम्पन्न

 भूमिका पाख्रिन

लेटाङ असोज ७ , 

लेटाङ नगरपालिकामा समुदाय प्रहरी पालिका समितिको आयोजनामा मंगलबार सुरक्षा सम्बन्धि छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय लेटाङ परिसरमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नजिकिदै गरेको चाडबाडमा हुने चोरी डकैतीका घटना लगायतका विषयमा छलफल केन्द्रीत रहेको थियो । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोक कुमार जवेगुले नगरबासीलाई शान्ति सुरक्षाको प्रत्याभुति दिन आफूहरु चौबिसै घण्टा तयार रहेको जिकिर गरे । कार्यक्रममा बोल्दै नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौलाले चाडबाडलाई व्यवस्थित बनाउन सबैको भूमिका उत्तिकै रहने हुँदा सबै जना आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरीन् ।

साथै चाडबाडमा हुने कालोबजारी नियन्त्रण गर्न अब नगरले बजार अनुगमन गर्ने समेत पोखरेलले बताइन् । यता कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख शंकर राईले इलाकालाई आवश्यक पर्ने हरेक पक्षमा नगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा होटल व्यवसायीहरुले भने ट्राफिक व्यवस्थापनका विषयलाई लिएर गुनासो पोखेका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधि, होटल व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्