कक्षा ११ को नतिजा सार्वजनिक , यस्तो छ नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक , यस्तो छ नतिजा

काठमाडौं, असोज ७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षार्थीमध्ये ३१ जनाको परीक्षा रद्द गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले वि.सं.२०७६ साल वैशाख/जेठ महिनामा सञ्चालित कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो ।

गत वैशाख अन्तिममा शुरु भएर जेठ १४ गते सम्पन्न भएको उक्त परीक्षामा पाँचलाख नौहजार ५२ जना परीक्षार्थी सहभागी भएका थिए ।

यसअघि पनि कक्षा १२ को परीक्षा अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्