लयान्स क्बल विराटनगर सिटीले एकै दिन १ सय ३ वटा सामाजिक काम गर्ने घोषणा

लयान्स क्बल विराटनगर सिटीले एकै दिन १ सय ३ वटा सामाजिक काम गर्ने घोषणा

विराटनगर । लयान्स क्बल अफ विराटनगर सिटीको अध्यक्षमा घनश्याम पोखरेल निर्वाचित भएका छन् । पोखरेल सन २०१९÷२०२० को लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
लयान्स क्लब अफ विराटनगर सिटीको अध्यक्षमा निर्वाचित भएका पोखरेललाई सोमबार साँझ लयान्स क्लब अफ अन्तराष्ट्रिय ३२५–एवानका डिस्ट्रिक गर्भनर इन्द्र खत्री (राजन) ले पदभार ग्रहण गराए । क्लबको प्रथम उपाध्यक्षमा रमेश कार्की र सचिबमा विधाकान्त दाहाल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले अढाइ महिनामा ३१ वटा समाजिक काम सम्पन्न गरिसकेका छन् । आउँदो माघ १० गते एकै दिन १ सय ३ वटा सामाजिक काम गर्ने घोषणा गरे । ‘एकै दिन १ सय १० वटा कार्यक्रमको घोषणा गरेका छु,’ उनले भने, ‘यो कार्यक्रम एकै दिनमा सम्पन्न गर्नेछु ।’ अध्यक्ष पोखरेलले घोषणा गरेको कार्यक्रमहरू सामाजिक कामहरू रहेका छन् ।
पोखरेलका अनुसार विराटनगर – ४ र ५ नम्बर वडाको सिमानामा पर्ने खारजी चौकस्थित ‘लायन्स पार्क’ बनाउने घोषणा पनि गरे । पार्क निमार्ण गर्न विराटनगर महानगरपालिकासँग स्वीकृत प्रदान भएको पोखरेलले जानकारी दिए । माघ १० गते लयान्स पार्कको शिलान्यास हुनेछ ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोको प्रमुख अतिथिमा भएको पदभार ग्रहण कार्यक्रममा अन्य दुई वटा लयान्स क्बलमा पनि नयाँ नेतृत्व चयन भएको छ । जसमा लयान्स क्बल अफ विराटनगर यूनिकको अध्यक्षमा लक्ष्मण घिमिरे र ग्लोबलको अध्यक्षमा दिलसाल आलम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्