जेसिबीले किचेर सोलुमा एकजनाको मृत्यु

जेसिबीले किचेर सोलुमा एकजनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–९ धारापानीमा जेसिबीले किचेर ज्यान गएको छ । जेसिबीले किचेर सोही स्थानका बर्ष ४८ को दावा तामाङको ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । आज बिहान ११ बजेको समयमा सोही नगरपालिकाको गोराखानी स्थितमा बाटो खन्नको लागी दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा जेसिबीमा पछाडिबाट चढ्ने क्रममा अचानक लडेपछि जेसिबीले किचेको थियो ।
घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोलीले जेसिबी चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्