विराटनगरको विग होटलमा दशैँ प्रि ईभेन्ट हुदै तृष्णा गुरुङको साथमा फ्लो व्याण्ड

विराटनगरको  विग होटलमा दशैँ प्रि ईभेन्ट हुदै तृष्णा गुरुङको साथमा फ्लो व्याण्ड

बिराटनगर, ८ असोज । आँउदै गरेको वडा दशैको उपलक्ष्यमा विराटनगरमा दशैको रमझम सुरु हुन थालेको छ ।
प्रदेश नम्बर एकको राजधानी विराटनगरमा दशै तथा तिहारको समयमा विभिन्न साँगितिक कार्यक्रममा हुने गर्दछ । यसैविच बिराटनगरमा आँउदै गरेको दशैको उपलक्ष्यमा साँगितीक कार्यक्रम हुदैछ ।


बिराटनगरको रोडशेषमा रहेको बिग होटेलमा ‘दशैँ प्रि इभेन्ट’ हुन गईरहेको छ । आगामी असोज १० गते बेलुका हुन लागेको साँगितीक कार्यक्रममा नेपाली गायिका तृष्णा गुरुङ र उनको फ्लो ब्याण्डको साथमा कार्यक्रम हुन् लागेको हो । तृष्णा गुरुङ पछिल्लो समय युवामाझ निकै छाएकी गायिका हुन् । उनी अहिले सबैको रोजाईको रुपमा भईसकेकी छिन् । उनले गाएका हरेक गीतहरु चर्चित छन् ।
तृष्णा गुरुङसँगै पौल लिम्बु , सुरज बानिया र एन्ड्रु श्रेष्ठको प्रस्तुति रहने होटेलका मार्केटिङ मेनेजर नरेश श्रेष्ठले जानकारी दिए ।
बिग होटेलको आयोजना तथा भाइरल इभेन्टसको व्यस्थापनमा हुने उक्त कार्यक्रममा ५ सयको टिकटको साथमा कुनै पनि एउटा कम्प्लीमेन्ट्रीको रुपमा ड्रिंक्स रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्