प्रदेश सरकारले धरानमा पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने

प्रदेश सरकारले धरानमा पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने

विराटनगर । प्रदेश सरकारले पहिलो पटक अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । आज प्रदेश सरकारले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि धरानमा पहिलो पटक चलचित्र महोत्वस गर्न लागेको जनाएको हो । प्रदेश सरकार र चलचित्र बोर्डको आयोजनामा हुने चलचित्र महोत्सवको सहआयोजकमा धरान उपमहानगरपालिका रहने छ भने स्वीस विकास नियोगले समेत सहयोग गर्ने जानकारी दिईएको छ ।

चलचित्र महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले महोत्सवले नेपालको कला संस्कृतिको जगेर्ना गर्ने बताए । प्रदेशका कुन ठाउँलाई चलचित्रको नगरी बनाउने, छायाङ्कन स्थलको पहिचान, चलचित्र छायाङ्कन स्थलको निर्माण तथा प्रदेशका जातजातीको बिबिधता झल्काउने काम महोत्सवले गर्ने मन्त्री कार्कीले बताए । महोत्सवमा चलचित्रको ईतिहाँस,वर्तमान र भविश्यको समेत पहिचान गर्नेगरी कार्यक्रम हुने मन्त्री कार्कीले स्पष्ट पारे ।
नेपाल चत्रचित्र बोर्डका अध्यक्ष केशव भट्टराईले कात्तिक २२, २३ र २४ गते हुने चलचित्र महोत्सवमा देश र विदेशका २५ चलचित्र प्रदर्शन गरिने जानकारी दिए । महोत्सव हुन भन्दा करिब १ हप्ता अगाडी देखि नै चत्रचित्रको प्रचार प्रसार र गतिबिधिलाई तिब्र पारिने स्पष्ट पारे । प्रदेश १ आदिवासी जनजातीको उद्गम स्थल भएकोले यहाँका संस्कार र संस्कृतीलाई चलचित्रमा समेटिएका कुरा र आगामीदिनमा समेटिने बिषयहरुमा पनि छलफल हुने भट्टराईले बताए । चलचित्र महोत्सवको अबधि तीनदिन प्रदेश १ चलचित्रमय हुने उनले जानकारी दिए । उनका अनुसार महोत्सवको एक हप्तासम्म प्रदेशका कुनैपनि हलमा हिन्दी तथा अंग्रेजी सिनेमाहरु प्रदर्शन नभई नेपाली चलचित्रहरु मत्र प्रदर्शन गर्ने बारेमा पनि कुराकानी भईरहेको छ ।
प्रदेशकै पर्यटकीय नगरी धरानमा हुने चलचित्र महोत्वसको लागि बिभिन्न समितिहरु गठन गरिसकिएको छ । सबैलाई निशुल्क गरिएको महोत्सव धरान सभागृहमा हुनेछ । चलचित्र महोत्सवको तयारीका लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा निर्देशक समिति बनाईएको प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार, चलचित्र छनौट उपसमिति, प्रचार प्रसार उपसमिति, महोत्सव स्थलको ब्यवस्थापन उपसमिति, सम्मान उपसमिति, निमन्त्रणा स्वागत ब्यवस्थापन उपसमिति बनाएर काम शुरु भर्ईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्