मुख्यमन्त्री कार्यालयमा फेरी अस्थायी शिक्षकहरुको काम रोक धर्ना

मुख्यमन्त्री कार्यालयमा फेरी अस्थायी शिक्षकहरुको काम रोक धर्ना

विराटनगर । अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेश नम्बर १ ले विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालयमा पुन काम रोक धर्ना दिएका छन् । रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै उनीहरुले बुधबार दिनभरी मुख्यमन्त्री कार्यालय अगाडी सरकारलाई दवाव दिन कामरोक धर्ना दिईका छन् ।
विगत लामो समयदेखि रोजगारीको ग्यारेन्टीको माग गर्दै आएका आन्दोलनरत अस्थायी करार शिक्षकहरुले सरकारलाई दबाब दिदै आएका छन् । रोजगारी खोस्न पाईदैन, आई.एल.लो सन्धि कार्यान्वयन गर्न दवाव दिँदै आएका छन् । संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटक पटक परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउदै आएका छन् ।
मुख्यमन्त्री कार्यालय पटक पटक आफ्नो समस्या लिएर पुगे पनि अहिले सम्म कसैले उनीहरुको कुरा सुनिरहेको छैन । अहिले देशभर रहेका १३ हजार बढी शिक्षकहरु लामोसमय देखि आन्दोलनरत छन् । यता १ नम्बर प्रदेशमा मात्रै अस्थायी करार शिक्षकको संख्या १ हजार ५ सय बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्