प्रदेश १, प्रदेश सभाको बजेट अधिबेशन ६२ घण्टा ८ मिनेट चलेर अन्त्य, १४ बिधेयक पारित

<span class='c1'>प्रदेश १, प्रदेश सभाको बजेट अधिबेशन ६२ घण्टा</span> <span class='c2'>८ मिनेट चलेर अन्त्य, १४ बिधेयक पारित</span>

विराटनगर, ८ असोज । प्रदेश सभाको वर्षे अधिबेशन बुधबार अन्त्य भएको छ । जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बर्षे अबिधेशन ५३ बैठकमा कूल ६२ घण्टा ८ मिनेट सञ्चालन भएको प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । प्रदेश सभामा प्रस्तुत भएका बिभिन्न बिधेयकहरु समेत पारित गरेको छ । बर्षे अधिवेशनमा प्रदेश सरकारले सभामा पेश गरेको मनमोहन प्राबिधिक विश्वबिद्यालयमा देखिएको विवाद नै प्रदेश संसदमा प्रतिपक्षी र सत्तापक्षको विवाद चुल्यायो । मनमोहन प्राबिधिक विश्वविद्यालय बाहेक अन्य कानुनहरु सहमतीका आधारमा आए ।
यी कानुन् आए
बजेट अधिबेशन १४ वटा विधेयक पारित गर्दै अन्त्य भएको छ । चौथो अधिबेशनको अन्त्यसम्ममा प्रदेशसभाबाट ५ वटा संसोधन सहित ४३ वटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । ४२ वटा विधेयक सर्वसम्मत पारित भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक भने बहुमतका आधारमा पारित भएको थियो । सो विधेयकमा कांग्रेसले असमति जनाएपछि बहुमतका आधारमा कांग्रेसको बिरोध र सदन घेराउका बिच पारित गरिएको थियो ।
वर्षे अधिबेशनले प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माण, सहकारी, स्वायत्त सँस्था गठनसम्बन्धी विधेयक पारित गरेको छ ।
यस्तै, गाउँ सभा र नगर सभा सञ्चालन, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यबिधि, विनियोजन र आर्थिक कार्यबिधि लगायतका बिधेयक पारित गरेको हो ।
यो अधिवेशनबाट प्रदेशसभामा टेबल हुन आएकासबै विधेयक पारित भएको सभामुख भण्डारीले बताए । बजेट अधिबेशनको अन्त्यको क्रममा प्रतिपक्षीहरुले सरकारको कडा अलोचना गर्दै सरकारको काम कार्वाही प्रति असन्तुष्टी जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्