विराटनगर । सनराइज बैंक लिमिटेडले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सनराइज बैंक लिमिटेड, विराटनगर शाखाले (हामी संग संगै) भन्ने नाराको साथ स्वास्थ्य शिविर गरेको हो ।
आर.के. चिल्ड्रेन हस्पिटल प्रा. लि. र विराट आँखा अस्पताल प्रा. लि. को प्राविधिक सहयोगमा कटहरी गाँउपालिका वडा नं ७ स्थित श्री जनता उ.मा.वि. थलाहामा बुधबार स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा आँखा, दन्त तथा बाल रोग विशेषज्ञ डाक्टरहरुबाट प्रत्यक्ष रुपमा ७ सय ७५ जना बिरामीले सेवा लिएका छन । कार्यक्रममा चस्मा तथा औषधी समेत वितरण गरिएको थियो । सनराइज बैंक लिमिटेड, प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौलाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रममार्फत त्यस स्थानका स्थानीय बासिन्दा अत्यन्त लाभान्वित भएको बताए ।
बंैकले आसोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।