रुपन्देहीमा रिलायन्स सिमेन्टका कर्मचारी लुटिएका छन् । बिहिबार दिउँसो कार्यालयबाट उद्योगतर्फ जाने क्रममा अनिस त्रिपाठी लुटिएका हुन् । भैरहवा लुम्बिनि सडकखण्डमा लुम्बिनी रोडस्थि रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत त्रिपाठीको साथबाट ६ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । दुई जनाको समुहमा आएका लुटेराले त्रिपाठीलाई टाउको मा हेलमेट प्रहार गरी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।