विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले राष्ट्रिय परिक्षा बोर्डले भर्खरै सार्वजकि गरेका कक्षा ११ को परीक्षामा उत्तिर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजले विहिबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सम्मान गरेको हो । कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले माला र अविर लगाएर सम्मान पत्र सहित बधाई ज्ञापन गरेका थिए । विज्ञान संकायमा अनिषा कार्की र आरोन श्रेष्ठले ३ दशमलव ८६ जिपिए ल्याएर कलेजको उत्कृष्ट भएको कलेजका प्राचार्य खड्काले जनाए ।
यसैविच कलेजले ३ दशमलव ८६ जिपिए ल्याउने सवै विद्यार्थीहरुलाई करिव ५० लाख बरावरको छात्रवृद्धि दिने घोषणा गरेकोछ । शिक्षादिपबाट उतिर्ण गरेका सवै विद्यार्थीले २ दशमलव ८१ जिपिए देखि ३ दशमलव ८६ जिपिए ल्याएर उतिर्ण गरि शिक्षादिप कलेजलाई सर्वोत्कृष्ट कलेज भएको प्रमाणित गरेको प्राचार्य खड्काले बताए ।