झापाबाट पटकाजन्य बिष्फोटक पदार्थ बरामद

झापाबाट पटकाजन्य बिष्फोटक पदार्थ बरामद

झापा । झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट करिब १ लाख बराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद भएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याएको ४ कार्टुन बिभिन्न किसिमका पटकाहरु बरामद गरेको हो । यसैगरी कन्काई नगरपालिका ५ सुरुङगाबाट करिब ७० हजार बराबरको २९ बण्डल पटका बरामद भएको झापा प्रहरीले जनाएको छ । बिहान बिर्तामोडबाट सुरुङगा तर्फ आउँदै गरेको मे १ ख १७१२ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेको पटका बरामद भएको प्ररीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्