सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरू

<span class='c1'>सुकेटार विमानस्थलमा तीन</span> <span class='c2'>महिनापछि उडान सुरू</span>

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा बिहीबारदेखि उडान सुरू भएको हो ।

यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान सुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ । काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु नपाएपछि रित्तै फर्किएको हो । यसअघि असार ४ गते पनि जहाज ताप्लेजुङबाट रित्तै फर्किएको थियो । लामो समयसम्म उडान गर्न नसकेकाले यात्रु नपाएको स्थानीयको भनाइ छ । कहिले जहाज बिग्रिएर, कहिले मौसम खराबी लगायतका कारण नियमित उडान हुन नसक्दा काठमाडौँ-ताप्लेजुङ उडान भरपर्दोसमेत हुन नसकेको स्थानीयले बताए ।

सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ–काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ । नियमित उडान भने हुन सकिरहेको छैन । ताप्लेजुङ स्टेशन इन्चार्ज राजु कार्कीका अनुसार काठमाडौँबाट ताप्लेजुङका लागि धेरैले अग्रिम टिकट लिएका छन् । तर ताप्लेजुङबाट काठमाडौँका फाट्टफुट्ट मात्रै यात्रु आउछन् ।

उडान सुरु भएपछि भने यात्रु अभाव नहुनेमा आफू विश्वस्त रहेको कार्कीले बताए । मौसम र जहाजमा समस्या नआए नियमित उडान हुने उनको भनाइ छ । - रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्