सिरहामा धामधम भौतिक संरचना निर्माण हुँदै

सिरहामा धामधम भौतिक संरचना निर्माण हुँदै

सिरहा, असोज १० । बरियारपट्टी गाउँपालिका–१ कचनारी नरगीकामा धमाधम स्वास्थ्य चौकी निर्माण हुँदैछ । नरगीको १५ कठा जग्गामा चर्पी, खानेपानीसहित तीन कोठे स्वास्थ्य चौकी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उक्त कार्यका लागि सामुदायिक विकास कार्यक्रमको २६ लाख ५९ हजार ८ सय ६२.२९ र गापाको ३ लाख ५० हजार गरी ३० लाख ९ हजार ८ सय ६२.२९ खर्च हुने बताईको छ। स्वास्थ्य चौकी निर्माण भएपछि स्वास्थ्य सेवाको सुविधा पाउने र बसोवास व्यवस्थित हुने भालचन सदाले बताएका छन् ।

त्यस्तै जनता माध्यमिक विद्यालयको कार्य पनि भइरहेको छ । बरियारपट्टी–२ जानकीनगर खोक्सीका प्रधानाध्यापक विनोद कुमार मण्डल भन्छन्,‘ विद्यालय भवन निर्माण कार्य गर्न दातृ निकाय नभेटेको भए हाम्रो विजोग हुने थियो । सामुदायिक विकास कार्यक्रमले सहयोगले भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको उनी बताउँछन् ।

३३ लाख ९८ हजार ४६.७४ सामुदायिक विकास कार्यक्रम र ४ लाख ५० हजार ९ सय १८ गरी ३८ लाख ४८ हजार ९ सय ६४.७४ को लागतमा २ कोठे पक्की छत ढलान गरेर विद्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।

गाउँपालिकाको स्वास्थ्य र शिक्षालाई सुदृढ गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर कार्ययोजना बढाइएको गापाका अध्यक्ष सन्तोष कुमार महतोले बताए । महतोका अनुसार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गराउनुका साथै मुसहर बस्तीलाई पनि दिगो रुपमा व्यवस्थित गर्ने गरी काम अगाडि बढाइनेछ ।

त्यस्तै भगवानपुर गाउँपालिका–३ मा पनि वडा कार्यलयको नयाँ भवन बन्दैछ । वडाध्यक्ष हरिनारायण यादवले भने,‘सिडिपीको सहयोगले केही महिनामै भवन निर्माण सुरु भएर अन्तिम चरणमा पुगेको छ ।’

गाउँपालिका अध्यक्ष बेचन यादवको निरन्तरको प्रयासपछि वडा कार्यालयको लागि पाँच कठा जग्गा खरिद गरेर भवन निर्माण कार्य आरम्भ गरिएको थियो । सो भवन निर्माणमा सामुदायिक विकास कार्यक्रमबाट ९२ लाख २८ हजार ३ सय २.७३ र गापाबाट २ लाख गरी ९४ लाख २८ हजार ३ सय .७३ को लागतमा चर्पी, युरिनिङ्ग, बैठक कक्षसहित ६ कोठे वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको गापा अध्यक्ष यादवले बताएका हुन् ।

भगवानपुर गापा–५ इनर्वामा पनि शारदा माविको भवन निमार्ण कार्या भइरहेको छ । विद्यालयका प्रधानाध्यापक रघुनाथ प्रसाद यादवले भने,‘अरु दातृ निकाय जस्तै सामुदायिक विकास कार्यक्रमको सहयोगले कक्षाकोठा निर्माण भएको हुँदा केही राहत मिलेको छ ।’ ३४ लाख २९ हजार २ सय ६४.७७ सामुदायिक विकास कार्यक्रम र ३ लाख ४० हजार ७ सय ३२ गरी ३७ लाख ६९ हजार ९ सय ९६.७७ को लागतमा विद्यालयको २ कोठे कक्षाकोठा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दिगो विकासको अवधारणा अनुसार ठोस योजनालाई सामुदायिक विकास कार्यक्रमले प्राथमिकता दिएको हुनाले त्यसलाई पूर्ण सफलताको अवस्थामा पु¥याउनका लागि हामीले सबै खाले प्रयास गरेको भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवले बताए ।

झिना मसिना कुरामा अल्झेर अतिआवश्यक विकास निर्माणलाई ओझेलमा पारिराखेको हुन्छ तर नीतिगत रुपम सामूहिक छलफल चलाएपछि काम सहजताका साथ अगाडि बढ्ने गरेको सामुदायिक विकास कार्यक्रमका सिरहा संयोजक कल्पना श्रेष्ठले बताइन् । समुदाय, समिति, गापा अध्यक्ष र प्रशासकिय अधिकृतहरुको सहयोगले समयमा काम सक्ने उनले थपिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्