आज ४० औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न विभिन्न कार्यक्रम मनाईँदै

आज ४० औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न विभिन्न कार्यक्रम मनाईँदै

काठमाडौं, १० असाेज : आज ४० औं विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न विभिन्न कार्यक्रम मनाईँदैछ। ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ नारासहित नेपालमा विश्व पर्यटन दिवस मनाईँदैछ ।

दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ। दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

विश्व पर्यटन दिवस अवसरमा पयटन मन्त्री योगेश भट्टराईले शुभकामना व्यक्त गर्नुभएकाे छ । उहाँले शुभकामना दिनुहुँदै पर्यटन क्षेत्रलाई उच्च महत्व दिने नीति अनुरूप नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिनुभएकाे छ ।

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्