विराटनगर । विराटनगरमा आज देखि शुरु गर्ने भनिएको कोसेली महोत्सव स्थगित भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने भनिएको कोसेली महोत्सव तत्काललाई स्थगित गरिएको महिला उद्यमी समितिले जनाएको छ ।
करिब ४ बजेसम्म पनि महोत्सव गर्ने गरी तयारी भर्ईरहेको अबस्थामा महोत्सव गर्ने स्थल जैन भवनमा पानी जमेपछि कोसेली महोत्सव स्थगित गरिएको हो । थप छलफल पछि महोत्सवलाई कहिले संचालन गर्ने भनेर समिति बिचमा निर्णय गरेर अघि बढ्ने तयारी भईरहेको तर आजै उद्घाटनको संभावना भने टरेको छ । महोत्सव भनेको रमाईलो गर्ने अनी स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएकोले हिलो र पानीका बिचमा गर्न नसकिने अबस्था आएपछि तत्काललाई सार्न लागिएको छ । पानीको कारण समस्या भएपछि जैन भवन भित्र नै स्टल बनाएर भोलीदेखि नियमति मेला आयोजना गर्न लागिएको छ ।
अहिलेसम्म पनि उद्योग संगठन मोरङ अध्यक्ष सहित पदाधिकारीहरु महोत्सव सार्न नहुने र आजैदेखि शुरु गर्नु पर्ने पक्षमा देखिएका छन् । महिला उद्यमी समिति मेला सार्नु पर्ने पक्षमा र संगठन पदाधिकारीहरु सार्न नहुने पक्षमा देखिएका थिए । तर महोत्सवको लागि सबै तयारी सकिएकोले महोत्सव आजको लागि स्थगित भएपनि भोली देखि नियमित तालिकामा संचालन हुने उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए ।
सबै तयारी पुरा भएको अबस्थामा औपचारिक कार्यक्रम शुरु हुनै लाग्दा महोत्सव स्टलहरु भएको ठाउँमा पानी पसेपछि टाढा टाढाबाट आएका ब्यवसायी तथा महिला उद्यमीहरुलाई समेत सम्बोधन हुने गरी महोत्सवलाई जैन भवन भित्र सारेर ओाजना गर्न लागिएको हो ।