नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य

<span class='c1'>नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम</span> <span class='c2'>हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य</span>

काठमाडौँ, असोज ११ गते । नौबिसे–नागढुङ्गा सडकखण्ड दैनिक घण्टाँै जाम हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । दशैँको चहलपहल बढेसँगै नौबिसे–नगढुङ्गा सडक पार गरी राजधानी काठमाडौँ आउँदा र यहाँबाट जाँदा जाममा घण्टौँ बस्नुपर्ने भएपछि यात्रुहरूले कष्ट बेहोर्नु परेको हो ।
बिग्रिएर अलपत्र परेका सवारी साधन समयमा नहटाउँदा सडक जाम हुने गरेको छ । बिहीबारदेखि जाम अझै बढेको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बाटोमा अलपत्र परेका सवारीसाधनलाई ‘साइड’ लगाएसँगै बिहीबारदेखि जामले अवरुद्ध नौबिसे–नागढुङ्गा सडकखण्ड शुक्रबारदेखि खुल्न थालेको जानकारी दिनुभयो ।

बाटोमा अलपत्र परेका गाडीहरू खाली ठाउँमा साइड लगाइसकेपछि शुक्रबार बिहानदेखि नै सो सडकखण्डमा सवारीसाधन सञ्चालन हुन थालेको जानकारी उहाँले दिनुभयो । अहिले सडक मर्मतको कामलाई राति मात्र गर्ने गरिएको छ । तीन चार दिनयता सो खण्डमा ४५ वटा गाडी बाटोमै बिग्रेर स्थानान्तरण हुन नसक्दा पनि सो सडकखण्डमा जाम भएको उहाँले बताउनुभयो । असोज १२ देखि काठमाडौँबाट बाहिरिने सवारीसाधनको सङ्ख्याको चाप अझ थपिने भएकाले असोज १० देखि १९ सम्म मालवाहक ठूला सवारीसाधनको आवागमनमा रोक लगाउन ट्राफिक प्रहरीलाई पत्राचार भइसकेको जानकारीसमेत उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ भित्रिने ठूला मालवाहक सवारीसाधनको हकमा चितवनबाट नै काठमाडौँतर्फ रोक लगाइएको छ भने पोखरातिर जाने ठूला मालवाहक सवारीसाधनको हकमा मुग्लिनबाट काठमाडौँतिर नआएर सीधै पोखरातिर जाने छन् । ” यस कार्यका लागि राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमार्फत मुलुकभरि पत्राचार भइसकेको छ भने ठूला सवारीसाधनहरू अहिले चितवनमै रोकिसकिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँबाट बाहिरिने ठूला मालवाहक सवारीसाधनमा रोक नलगाइएको उहाँले स्पष्ट पार्नुभयो । यसरी काठमाडौँतर्फ आउने ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएपछि नौबिसे–नागढुङ्गा सडकखण्डमा यातायातको व्यवस्थापन गर्न सजिलो हुने, जाम नहुने तथा काठमाडौँबाट बाहिरिने यात्रुहरू सहज रूपमा आआफ्नो गन्तव्यतर्फ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रमुख डीआईजी दीपककुमार थापाले जाम हटाउन सो सडकखण्डमा ट्राफिक र जनपथ प्रहरी सञ्चालनमा ल्याइसकिएको जानकारी दिनुभयो । प्रत्येक पाँच सय मिटरको दूरीमा पचास जनाको सङ्ख्यामा प्रहरी तैनाथ गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीम ढकलले नौबिसे–नागढुङ्गा सडकखण्डमा सवारी आवागमन सामान्य भइसेकेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्