आज बिराटनगरमा जेबी टुहुरेको “आमा दिदि बहिनि हो ..” गुन्जिने

<span class='c1'>आज बिराटनगरमा जेबी टुहुरेको “आमा</span> <span class='c2'>दिदि बहिनि हो ..” गुन्जिने</span>

बिराटनगर असोज ११  ,

बिराटनगरमा जनवादीगायक जेबी टुहुरेको सांगीतिक प्रस्तुति आज आयोजना हुदैछ । जेबी टुहुरे फाउन्डेसनको आयोजनामा बिराटनगरको बिरेन्द्र सभागृहमा उक्त सांगीतिक प्रस्तुति आयोजना हुन लागेको हो ।” जेबी टुहुरेको निरन्तरता २०७६” भाग २ नाम दिईएको उक्त कार्यक्रममा ७५ बर्षीय गायक टुहुरेले आफ्ना गितहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक सस्थाले जनाएको छ ।

‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

आज आयोजना हुने उक्त कार्यक्रममा प्रवेश शुल्क निशुल्क रहेको जेबी टुहुरे फाउन्डेसनकि अध्यक्ष निर्भिका टुहुरेले बताइन् ।

 

तस्बिर साभार : फ्रन्टलाइन टिभी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्