नेकपाको बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम असोज २९ गते

<span class='c1'>नेकपाको बृहद् चियापान तथा शुभकामना</span> <span class='c2'>आदानप्रदान कार्यक्रम असोज २९ गते</span>

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो ।

नेकपाको सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिए । पार्टी एकता अघि तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले छुट्टाछुट्टै रुपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका थिए । - रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्