युवती प्रयोग गरी फिरौती माग्ने कारागार चलान

<span class='c1'>युवती प्रयोग गरी फिरौती</span> <span class='c2'>माग्ने कारागार चलान</span>

बिर्तामोड ।    झापा विर्तामोडका व्यवसायीलाई ‘हनी ट्रयापिङ्ग’ मार्पmत अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई शुक्रबार जिल्ला अदालत झापाले पूर्पक्षका लागि कारागार चलान गरेको छ। झापा जिल्ला अदालतले शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

अपहरणमा संलग्न अभियुक्तहरु बिर्तामोड-४ मा मोटरसाइकल रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम-१ घर भई हाल विर्तामोड-२ चारपाने बस्ने रितु फियाक, दार्जलिङको खोरीबारीका २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड-४ का २५ वर्षीय प्रकास दासलाई जिल्ला अदालत झापाले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेष्ठले बताए।

उनीहरुले बिर्तामोडका एक व्यवसायीलाई युवतीको प्रयोग गरी अपहरण गरेका थिए। अपहरण गरी नाङ्गो भिडियो बनाएर ४० लाख फिरौती मागेका थिए। गत असार १ गते अपहरण गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले ३ गते पक्राउ गरेको थियो। अभियुक्तहरुले संगठित अपराध गर्नका लागि विर्तामोड स्थित भद्रपुर रोड कुमारी बैंक पश्चिमपट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीे अनुसन्धानबाट खुलेको थियो।

उनीहरुको साथबाट प्रहरीले बा. १५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल ३ थान, नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको थियो। अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्