प्रतिकुल मौसमका बिच विराटनगरमा कोसेली महोत्सव, दर्शकलाई प्रवेश नि:शुल्क

<span class='c1'>प्रतिकुल मौसमका बिच विराटनगरमा कोसेली</span> <span class='c2'>महोत्सव, दर्शकलाई प्रवेश नि:शुल्क</span>

विराटनगर । शुक्रवार अन्यौलमा परेको कोसेली महोत्सव आजदेखि नियमित शुरु भएको छ । जैन भवनको बाहिर स्टल बनाएर महोत्सवको आयोजना गरिएको भएपनि निरन्तर झरीका कारण स्टल नै डुबेपछि महोत्सव स्थल जैन भवन भित्र सारिएको छ ।
प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई प्रर्दशकको चाहना र आयोजकको निर्णय अनुसार १४ गतेसम्म जैन भवनको सभाहल भित्र र वाहिर स्टल व्यवस्थापन गरी संचालन भएको आरोजक उद्योग संगठन मोरङ महिला उद्यमी समितिले जनाएको छ ।
महोत्सव अवलोकन गर्न आउन दर्शकहरुका लागि निःशुल्क टिकट वितरणको व्यवस्था गरिएको छ भने महोत्सवमा स्टल राखी आ–आफ्नो वस्तु तथा सेवाको प्रवद्र्धन गर्न चाहनेहरुको लागि जैन भवनको सभाहल भित्र स्टल राखेर ब्यवस्थापन गरिएको छ ।
महोत्सवमा पहाडी जिल्लाका उत्पादन छुर्पी, अल्लो, ढाका, राढी पाखी, अचार, अकवरे खुर्सानी, रुख टमाटर, ग्रिन टी, अर्गेनिक सागसब्जी अलग अलग स्टलहरुमा राखिएको छ । स्थानीय उद्योग-व्यवसायले आफ्ना उत्पादनमा विभिन्न योजना सहित वस्तु विक्रिको प्रवन्ध मिलाईएको महिला उद्यम समितिका संयोजक सन्तोष लुनावत जैनले बताईन् ।
विराटनगर र आसपासका वासिन्दालाई लक्षित गरी वडा दशैंको अवसरमा आयोजन गरिएको महोत्सवमा सहभागीताको लागि समेत आयोजकले आब्हान गरेको छ ।
‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौ’ भन्ने मूल नाराका साथ उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मंचको आयोजना तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको प्रवद्र्धनमा मेलाको आयोजना गरिएको हो । विराटनगरको जैन भवनमा जारी प्रदेश स्तरीय कोसेली महोत्सव १४ गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्