५० हजार तिर्न नसक्दा ८ महिने बालकसहित एकजाेडी थुनामा

५० हजार तिर्न नसक्दा ८ महिने बालकसहित एकजाेडी थुनामा

राजविराज : धरौटी राख्न ५० हजार नभएपछि बालकसहित एकजोडी कारागारमा थुनिएको छ। सप्तरी जिल्ला अदालतको तोकेको धरौटी राख्न नसक्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का एकजोडी ८ महिने बालकसहित शुक्रबारदेखि कारागारमा थुनिएका छन्।

सुरेन्द्र खंग र उनकी श्रीमती २५ वर्षीया भगमन्तीदेवि खंगलाई कारागार पठाइएको अदालतले जनाएको छ।  कारागारमा थुनिनुअघि उनीहरु १० दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा पनि बालकसँगै थिए बसेका थिए।

सुरेन्द्रकी जेठी श्रीमती मञ्जुदेवि खंगले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बहुविवाहको उजुरी दिएपछि भदौ ३१ गते सुरेन्द्र र भगमन्ती पक्राउ परेका थिए। बहुविवाह गरेको कुरा भदौ २५ गते मात्र जानकारी पाएको भन्दै मञ्जुले दिएको उजुरीमाथि कारवाही थालेको प्रहरीले १० दिनमै अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्