झापाको चिया बगानका महिलालाई दशैको उपहार ‘नयाँ साडी’

<span class='c1'>झापाको चिया बगानका महिलालाई</span> <span class='c2'>दशैको उपहार ‘नयाँ साडी’</span>

झापा, मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ ।

चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गर्नुभएको हो । ज्याला मजदुरी गरेको पैसाले खान समेत नपुग्ने अवस्थामा रहेका उनीहरुलाई दशैं, तिहार तथा छठलगायतका महान चाडपर्व मनाउनका लागि उहाँले आफ्नो निजी खर्चमा उनीहरुलाई साडी वितरण गर्नुभएको वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेले बताउनुभयो ।

वडा अध्यक्ष मेचेको अगुवाइमा ५० जना भन्दा बढी महिलालाई साडी बितरण गरिएको हो । विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसंगै खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्