आवर विराटनगरका समाचार प्रमुख देवान किराँत याक्खा छुम्माद्वारा सम्मानित

आवर विराटनगरका समाचार प्रमुख देवान किराँत याक्खा छुम्माद्वारा सम्मानित

विराटनगर । किरात याक्खा छुम्मा नगर कार्य समितिले आवर विराटनगर डटनेटका समाचार प्रमुख प्रेम देवान (लुङ्गा ) लाई सम्मान गरिएको छ । किरात याक्खा छुम्मा नगर कार्य समितिको समिचव समेत रहेका देवानलाई शनिबार एक कार्यक्रम विच समितिले सम्मान गरेको हो ।
भर्खरै उदयपुर जिल्लामा सम्पन्न नेपाल आदिवासी जनजाती पत्रकार महासंघ प्रदेश नम्बर एकको एतिहासिक प्रथम अधिवेशनबाट प्रदेश नं. १ को सदस्य पदमा निर्वाचित भएका देवानलाई सम्मान गरेको हो ।
देवान हाल नेपाल पत्रकार महासघ मोरङ शाखाको कार्य समिति सदस्य हुन् । हाल आवर विराटनगर डट नेटका समाचार प्रमुख र न्यू सृष्टि दैनिकका कला संयोजकको जिम्मेवारीमा छन् । देवानलाई कार्य समितिका अध्यक्ष विना देवी जिमी, नेपाल आदिवासी जनजाती महासघ मोरङ उपाध्यक्ष प्रमिला आङदेम्वे देवान लगायत अन्य पदाधिकारीहरुले फुल माला दोसल्लाह ओढाएर सम्मान गरे । अबको ३ बर्ष कार्यकालको सफलताको शुभकामना समेत प्रदान गरिएको अध्यक्ष विना देवी जिमीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्