सवारी दुर्घटनामा परी इलाममा प्रहरी नायब निरीक्षकको मृत्यु

सवारी दुर्घटनामा परी इलाममा प्रहरी नायब निरीक्षकको मृत्यु

इलाम । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ ।  शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उहाँको मृत्यु भएको इलाम नगरपालिका–५  का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्