विराटनगरको कोसेली महोत्सव मुख्यमन्त्रीले गरे उद्घाटन, असोज १५सम्म चल्ने

विराटनगरको कोसेली महोत्सव मुख्यमन्त्रीले गरे उद्घाटन, असोज १५सम्म चल्ने

विराटनगर । शुक्रवारदेखि शुरु हुने भनिएको कोसेली महोत्सव आज मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै औपचारिक रुपमा शुरु भएको छ । झरीका कारण बाहिर बनाईएको स्टलहरु डुबेपछि भवनको भित्र ब्यवस्थापन गरेर एकदिन ढिला उद्घाटन गरिएको हो ।
प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई प्रर्दशकको चाहना र आयोजकको निर्णय अनुसार एक दिन वढाई १५ गते वुधवारसम्म संचालन गर्ने निर्णय आयोजकले गरेको छ । जैन भवनको सभाहल भित्र र वाहिर स्टल व्यवस्थापन गरी महोत्सव संचालनमा ल्याएको हो ।
महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि निःशुल्क टिकट वितरणको व्यवस्था गरिएको छ । महोत्सवमा पहाडी जिल्लाका उत्पादन छुर्पी, अल्लो, ढाका, राढी पाखी, अचार, अकवरे खुर्सानी, रुख टमाटर, ग्रिन टी, अर्गेनिक सागसब्जी अलग अलग स्टलहरुका साथै स्थानीय उद्योग, व्यवसायले आफ्ना उत्पादनमा विभिन्न योजना सहित वस्तु विक्रिको प्रवन्ध मिलाईएको केसेली महोत्सव आयोजक समितिकी संयोजक गिरिजा सारडाले बताईन् ।
विराटनगर र आसपासका क्षेत्रको वासिन्दालाई लक्षित गरी वडा दशैंको अवसरमा महोत्सवको आयोजना गरिएको हो । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाल युवा उद्यम मंच, विराटनगर च्याप्टरले महोत्सवको आयोजना गरेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको प्रवद्र्धनमा शुरु भएको महोत्सव जैन भवनमा संचालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्