दुहबीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

दुहबीमा पोखरीमा डुबेर बालिकाको मृत्यु

दुहबी । सुनसरीको दुहबी नगरपालिकामा पोखरीमा डुबेर बालिकाको ज्यान गएको छ । दुहबी ९ छाताबेली घर भई हाल सोहि नगरपालिका २ तुताहा स्थित शिवशंकर साहको घरमा डेरा गरी बस्दै आएका जाबिर हुसेनका साढे ३ बर्षकी छोरीको पोखरीमा डुबेर ज्यान गएको हो । आज दिउँसो सोही स्थानमा रहेको पोखरीको पानीमा डुबि रहेको अवस्थामा बालिकाका ९ बर्षिय दाजु मोहमद अमिरले देखे पश्चात उनलाई आफन्तले पानीबाट निकाली उपचारको लागि सामुदायिक अस्पताल दुहबीमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्