यस्तो छ तीन दिनको माैसम पूर्वानुमान , पूर्वमा लगातार वर्षा हुदै

<span class='c1'>यस्तो छ तीन दिनको माैसम</span> <span class='c2'>पूर्वानुमान , पूर्वमा लगातार वर्षा हुदै</span>

यस्तो छ तीन दिनको माैसम पूर्वानुमान 

असोज १२ गते आइतबार

दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जनसहित चट्याङपर्ने सम्भावना छ । पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

राति :  देशभरी सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

असोज १३ गते सोमबार

दिउँसो : देशको पूर्व र मध्य भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ ।

राति :  देशको पूर्व र मध्य भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली हुनेछ । पूर्व र मध्यकासाथै पश्चिमका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

असोज १४ गते मंगलबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्