विराटनगरको मुनालपथमा आज २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना

विराटनगरको मुनालपथमा आज २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना

विराटनगर असोज १२ । विराटनगरको मुनालपथमा आज दिउसो २० मिनेटको फरकमा दुईवटा सवारी दुर्घटना भएको छ ।

सर्वसाधारण बोकेको बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । उक्त घटनामा घाइते हुनेमा पाँचथर फिदिम निवासी अन्दाजी २० वर्षीय धनबहादुर तामाङ र २१ वर्षीय सञ्जय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ ख ४०४३ नम्बरको महालक्ष्मी यातायातको बसले विपरीत दिशामा जाँदै गरेको मे २ प ८७९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएको दुबैको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ भने धनबहादुर तामाङको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

[caption id="attachment_96760" align="alignnone" width="720"] तस्बिर : देवचन्द्र घिमिरे[/caption]

उक्त घटना भएको केहि समयमा नै लहरीले टाटा सुमोलाई ठक्कर दिएको छ । भारतीय लहरीले टाटा सुमोलाई दिएको थियो । उक्त घटनामा भने कोहि घाइते नभएको प्रहरीले जनाएको छ ।

[caption id="attachment_96761" align="alignnone" width="960"] तस्बिर : देवचन्द्र घिमिरे[/caption]

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्