सुनसरीमा हतियार र लागु औषध सहित दुईजना पक्राउ

सुनसरीमा हतियार र लागु औषध सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवाबाट पेस्तोल र लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने बर्ष २७ को करण कुमार चौधरी र बर्ष २१ को प्रकाश चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट मेड ईन युएस लेखिएको पेस्तोल थान १, सोही पेस्तोलको म्याग्जिन थान २ गोली राउण्ड थान ३ थान, लागु औषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाईजेल्याव ३५ एम्पुल र लार्ईफलाईन लेखिएको सिरिन्ज समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
हतियार र लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्