झापाको अर्जुनधाराबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद

झापाको अर्जुनधाराबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद

झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव नेतृत्वको नेकपा माओवादीको भएको प्रहरीले जनाएको छ।

झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले बिस्फोटक पदार्थ बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले बिस्फोटक पदार्थ बरामद भएको ठाउँलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

प्रहरीले बम बिस्फोटमा संलग्न विप्लव समूहका झापा जिल्ला इञ्चार्जसहित तीन जनालाई केही समयअघि पक्राउ गरेको थियो। पक्राउ परेकाको बयानका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति अर्जुनधाराको एक ठाउँमा छापा मारी बिस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

बिस्फोटक पदार्थको परिमाणबारे प्रहरीले जानकारी दिइसकेको छैन। छापा मार्दा प्रहरीले विप्लव माओवादी कार्यकर्ता भने फेला नपरेको जनाएको छ। बरामद भएको बिस्फोटक पदार्थको परिमाणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्