रंगेली । लक्ष्मी बैंकले मोरङको पुरानो सदरमुकाम रंगेलीमा शाखा सञ्चालनमा ल्याएको छ । आइतवार बैंकले विशेष कार्यक्रम गरी रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाबाट शाखाको उद्घाटन गरेको हो ।
ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथ साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य शाखाले राखेको रंगेली शाखा प्रमुख अनिरोध श्रेष्ठले जानकारी दिए । देशभर बैंकका ११४, २ एक्स्टेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १३९ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्ट सञ्चालनमा छन् ।