बिराटनगरको नोबेलमा देशभरका ७० डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण

<span class='c1'>बिराटनगरको नोबेलमा देशभरका ७०</span> <span class='c2'>डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण</span>

बिराटनगर, १३ असोज । नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण दिईएको छ । ईण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागि थिए । सहभागिहरुलाई भारतको मेदान्त अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.रभी आर कैसलिवाल, डा.मनिस बन्साल, नोबेल शिक्षण अस्पतालका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.अवदुल खालिफ मुनिब र डा.सहदेब ढुंगानाले प्रशिक्षण दिएका छन् ।

मुटु रोग पत्ता लगाउँने ईकोकार्डियोग्राफी परिक्षणका बिषयमा डाक्टरहरुलाई थप क्षमता अभिबृद्धि गराउँने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्